सेयर बजारमा फेरि करेक्सन
काठमाडौं, माघ २५ । सेयर बजारमा फरि करेक्सन आएको छ। कारोबारको अघिल्लो दिन मंगलबार ७६अंक बढिले बढेको बजारमा आज ७.१३ अंकले करेक्सन आएको हो।
सेयर बजार ओरालो लागेपनि कारोबार रकममा भने सामान्य वृद्धि आएको छ। यसदिन २५७ कम्पनीको १ करोड ५ हजार २ हजार ६४९ कित्ता सेयर ३ अर्ब ६९ करोड १९ लाख ७२ लाख ८१७ रूपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँमा खरिदबिक्री भएको थियो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्र बढ्यो।
तीन उपसमूह फाइनान्स,होटल्स एन्ड टुरिजम र हाइड्रो पावरको सेयर १ प्रतिशत बढिले घट्यो।यसदिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन।
कारोबार रकमका आधारमा नेपाल रेइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ११ करोड बढिको सेयर कारोबार भयो।















प्रतिक्रिया दिनुहोस्