कामना सेवा विकास बैंकले Customer’s Day को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
काठमाडौं, माघ २४ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत Customer’s Day को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि सम्झौता पनि सम्पन्न भएको बैंकले जनाएको छ ।
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ ।
यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको February ९ तारिक Customer’s Day को रुपमा समेत मनाउदै आएको छ ।
सोही अवसरमा माघ २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहक महानुभावहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ ।
उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्