यू–ट्यूबको मूख्यालयमा गोली प्रहार, एकजनाको मृत्यु, केही घाइते, आक्रमणकारीद्वारा आत्महत्या

काठमाडौं । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूबको मूख्यालयमा आक्रमण गरिएको छ ।

एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना घाइते बनाएकी छिन् । उनले आफूलाई गोली हानी आत्महत्या गरेकी छिन् ।

गोली प्रहारबाट घाइते ३६ वर्षीय एक व्यक्तिको अवस्था गम्भीर छ । घाइते व्यक्ति उक्त महिलाको प्रेमी रहेको प्रहरीको आशंका छ । गोली लागेर ३२ र २७ वर्षीया दुई महिला घाइते भएका छन् । जसमध्ये ३२ वर्षीया महिलाको अवस्था नाजुक रहेको बताइएको छ ।

सैनब्रुनोस्थित यू–ट्यूब मूख्यालयमा करीब एक हजार सात सय कर्मचारी काम गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्