गच्छदारको फोरम लोकतान्त्रिक र कांग्रेस एक हुँदै

काठमाडौं । गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग विधिवत रुपमा मिसिने आज मिसिदै छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदार १० वर्षपछि कांग्रेस फर्कने छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा दुबै पार्टी एक हुने कार्यक्रम साँझ राखिएको छ।

साँझ साढे पाँच बजे बालुवाटारमा एक कार्यक्रमबीच दुई पार्टी एक हुने स्रोतले जानकारी दियो ।

फोरम लोकतान्त्रिकसँग १८ सांसद छन्। देउवा सरकारमा उपप्रधानमन्त्री गच्छदारसहित राज्यमन्त्री समेत गरी लोकतान्त्रिकबाट ६ जना मन्त्री छन्।

२०६४ सालमा पहिलो संविधान सभा चुनाव हुनु केही समय अघि उपेन्द्र यादवले नेतृत्व गरेको मधेसी जनाधिकार फोरममा प्रवेश गरेका थिए।

यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेको सरकार विघटन भएपछि गच्छदार फोरम फुटाएर मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षको हैसियतमा माधवकुमार नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्