काठमाडौं उपत्यकाका तीन स्थानमा बर्डफ्लू संक्रमण पुष्टि
काठमाडौं , माघ २३ । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ ।
ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संक्रमण देखिएको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले ती स्थानमा पालिएको कुखुरामा बर्डफ्लू संकमण देखिएको पुष्टि गरेको छ । गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
सानो परिमाणमा रहेको त्यहाँको पंक्षी नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्