हेमन्त कान्छाको पिरतीको चौतर्फी चर्चा, तपाई पनि हेर्नुहोस् भिडियो

काठमाडौं, माघ २२ । पछिल्लो समय नेपाली गीतसंगीत बजामा एकपछि अर्को गर्दै नयाँ नयाँ गतिहरु आइरहेका छन् ।

गीत आउने क्रममा गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतले यति बेला चर्चा बटुली रहको छ ।

दर्शकको मनमुटुमा बस्न सफल गायकको नयाँ उक्त गीत पनि दर्शकले निकै नै रुचाएका छन् । गायक कान्छाका यसअघिका थुर्पै गीतले बजार समेत तताएको छ ।

भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा देखाएका छन् । पर्यटकीय नगरी घान्द्रुकमा २ दिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, बिजय पुन, निशा मगर र चाहाना मगर छमछम नाचेको दृश्य निकै लोभलाग्दो छ ।

गीतमा हेमन्त कान्छा रसाइली र सुनिता बुढाछेत्रीको आवाज रहेको छ ।

नबीन घर्ती मगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिगंले गरेका हुन् । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । सार्वजनिक भिडियो गायक स्वयमकै अफिसियल च्यानल हेमन्त कान्छा रसाइलीबाट बजारमा आएको हो।

हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्