शाहरुख खानको ‘पठान’ ले ९ दिनमा ७ सय करोड कमायो

काठमाडौँ, माघ २० ।  बलिउड किंग शाहरुख खानको फिल्म ‘पठान’ को क्रेजले मानिसलाई पागल बनाएको छ । फिल्म रिलिज भएको ९ दिन बितिसकेको छ र यसले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ ।

चलचित्रको नवौं दिनको कलेक्शन सार्वजनिक भएको छ । रिपोर्टका अनुसार ‘पठान’ ले बिहीबार दोहोरो अंकमा कमाई गरेर सबैलाई चकित बनाएको छ ।

बक्स अफिसमा ‘पठान’ले दिनप्रतिदिन नयाँ इतिहास रचिरहेको छ । प्रारम्भिक ट्रेन्डहरू अनुसार, ९ औं दिन ‘पठान’ को अल इण्डिया नेट कलेक्शन लगभग १५.५० करोड थियो। ९ दिनको कलेक्शन सहित ‘पठान’ ले अहिलेसम्म ३६४ करोड कमाइसकेको छ । ‘पठान’ले पहिलो दिन हिन्दीमा ५५ करोड कमाएको थियो । अर्कोतर्फ फिल्मले दोस्रो दिन ६८ करोड र तेस्रो दिन ३८ करोडको व्यापार गरेको छ । यसपछि फिल्मले सप्ताहन्तमा ११० करोड भारु कमाएको थियो ।

अर्कोतर्फ, फिल्मले सोमबार २५.५० करोड र मंगलबार २२ करोड कमाएको छ । तर, सातौं दिनमा फिल्मको कमाई केही सुस्त रह्यो । तर फिल्मको ९ औं दिनको दोहोरो अंकको कमाईले ‘पठान’ आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्ने देखाएको छ ।

व्यापार विश्लेषक रमेश बालाले ९औं दिनको विश्वव्यापी संकलन शेयर गरेका छन् । रमेश बालाका अनुसार पठानले ९ दिनमा विश्वभर ७ सय करोड रुपैयाँ कमाइसकेको छ । यस अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म चाँडै १००० करोडको क्लबमा सामेल हुने देखिएको छ ।

शाहरुख खान चार वर्षपछि ‘पठान’ मार्फत ठूलो पर्दामा फर्किएका छन् । शाहरुख खानको करियरको यो पहिलो एक्सन फिल्म हो । ५७ वर्षको उमेरमा शाहरुख खानले फिल्ममा यस्तो जबरदस्त एक्सन गरे कि दर्शक छक्क परे ।

‘पठान’ मा शाहरुख खानका अलावा दीपिका पादुकोण र जोन अब्राहमले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यसबाहेक फिल्ममा सलमान खानको क्यामियो पनि छ, जसलाई फ्यानहरुले निकै रुचाएका छन् ।

सलमान खान र शाहरुख खानलाई पर्दामा सँगै देख्नु फ्यानका लागि ठूलो आश्चर्यभन्दा कम थिएन । ‘पठान’ ले बलिउडका लागि नयाँ बाटो पनि खुलेको छ । यससँगै फिल्म राम्रो भए कमाइ स्वतः हुन्छ भन्ने पनि प्रमाणित भएको छ ।

प्रतिक्रिया दिनुहोस्