दीपिका–रणवीरको विवाहको मिति तय !
मुम्बई । दीपिका पादुकोण र रणवीर सिंहको विवाहको खबर लामो समयदेखि चलिरहेको छ ।
भारतीय मिडियाको रिपोर्टलाई पत्याउने हो भने दुई जनाको परिवारले विवाहको मिति समेत तय गरिसकेका छन् ।
सम्भवतः आगामी सेप्टेम्बर र डिसेम्बरको बीचमा दुई जना विवाहको बन्धनमा बाँधिनेछन् ।
विवाहपछि दीपिकाले अभिनय छाड्ने पनि मिडिया रिपोर्टहरुमा बताइएको छ । एक अन्तर्वार्तामा दीपिकाले विवाहपछि आफूले धेरै बच्चा जन्माउने सोच बनाएको बताएकी थिइन् ।
मिडिया रिपोर्टका अनुसार विवाह निजी र हिन्दु ऋतिरिवाज अनुसार हुनेछ । विवाहमा परिवार र नजिकका मित्रहरु मात्र सहभागी हुनेछन् ।
दीपिका र रणवीरको रिसेप्सनको मिति तय गरिएको छैन ।
दीपिका र रणवीरको परिवारबीच गत हप्ता मुम्बईमा छलफल भएको थियो ।
समाचारका अनुसार हालका लागि परिवारका सदस्यहरुले सेप्टेम्बर र डिसेम्बरबीच चारवटा मिति तय गरेका छन् ।
विवाहको अन्तिम मिति तय गरेपछि विवाह भारतमा नै गर्ने वा विदेशमा गर्ने भन्ने तय गरिनेछ ।
दीपिका र रणवीरलाई कयौँ पटक एक साथ एउटै कार्यक्रममा देखिएको थियो । तर, उनीहरुले औपचारिक रुपमा आफूहरु डेट गरिरहेको स्वीकारेनन् । रणवीरको बारेमा सोध्दा उनले बाजीवाव मस्तानी, रामलीला
र पद्मावतीको को–स्टारले आफूलाई राम्रो व्यक्ति बन्न मद्दत गरेको बताएकी थिइन् । उनले यदी रणवीर आफ्नो जीवनको हिस्सा भए आफूलाई खुसी हुने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्