कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले यही माघ १५ गतेका लागि निर्धारण गरेको केन्द्रीय कार्यसमितिको बैठक विशेष कारणवस स्थगित गरेको छ ।

निर्धारित केन्द्रीय समितिको बैठक विशेष कारणवस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आम चुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय छलफलका एजेण्डा थिए । पुस २२ गतेका लागि बोलाएको बैठक पटक–पटक सर्दै आएको थियो । नेताहरूका अनुसार राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना छैन ।

गठबन्धन भत्किएपछि रक्षात्मक अवस्थामा रहेका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लाग्दै आएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका विषयमा पनि कांग्रेसभित्र मतभेद छ ।

प्रतिक्रिया दिनुहोस्