आईएमई पे एप डाउनलोड ४० लाख पुग्यो, केक काटेर खुसियाली

काठमाडौं, माघ ११ ।  भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसियाली साटासाट गरिएको थियो।

आईएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकावीच खुशी आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए।

कम्पनी आईएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्