राष्ट्र बैंकले माग्यो मौद्रिक नीति अर्धवार्षिक समीक्षाको सुझाव
काठमाडौं, माघ ९ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिन सार्वजनिक आह्वान गरेको छ।
केन्द्रीय बैंकले यही माघ २० सम्म मौद्रिक नीतिमा गर्नुपर्ने संशोधन र परिमार्जनका लागि सुझाव दिन आह्वान गरेको हो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सुझाव माग गरेको हो।
प्रतिक्रिया दिनुहोस्