पेट्रोल र डिजलको मूल्य फेरी बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल १०५ रुपैयाँ भएको छ भने , डिजल र मट्टितेल ८५ रुपैयाँ पुगेको छ । निगमका अनुसार पेट्रोलमा ३ रुपैयाँ १० पैसा र डिजेल तथा मट्टिटेलमा ९६ पैसा घाटा भएको छ ।

निगमलाई अब पाक्षिक नाफा २० करोड ३० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । भारतभन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ६४ पैसा र डिजेल २७ रुपैयाँ ५८ पैसा सस्तो छ ।

निगमले पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्