भेटिएनन् नेशनल मेडिकल कलेजमा डाक्टर र बिरामी

काडमाडौँ । विवादित सम्बन्धन प्राप्त काठमाडौँ नेशनल मेडिकल कलेजको अवस्थाबारे छानविन गर्न छानविन समिति अस्पताल पुग्दा पत्र बुझ्ने मान्छे पनि नभेटिएको समितिले जनाएको छ । सञ्चालनमा रहेको भनिएको अस्पताल निरीक्षण गर्न समिति घट्टेकुलो पुगेको थियो।

त्यहाँ पुग्दा केही नर्समात्रै अस्पतालमा थिए । लामो समय कुर्दा पनि कोही नभेटिएपछि निरीक्षक टोली फर्केको थियो । टोलीले फर्किनु अघि पत्र भने अस्पतालका सुरक्षा गार्डलाई बुझाएको थियो ।
अस्पतालमा एक जना पनि डाक्टर र बिरामी नभेटिए जनाइएको छ ।
गत शनिबार त्रिवि कार्यकारी परिषद्ले काठमाडौँ नेशनल मेडिकल कलेजबारे बुझ्न तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिमा परशुराम कोइराला, सनद देवकोटा र डा.प्रशन्न भट्ट छन् ।

प्रतिक्रिया दिनुहोस्