राजेश हमाललाई केपी ओलीले दिए महानायकको सम्मान

काठमाडौं, माघ ८ ।  अभिनेता राजेश हमाललाई १ लाख राशिसहित ‘महानायक सम्मान’ प्रदान गरिएको छ ।

शनिबार ‘चौंथो एपिक म्युजिक अवार्ड २०७९’ समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हमाललाई १ लाख १ हजार १ सय ११ रुपैयाँसहित उक्त सम्मान प्रदान गरेका हुन् ।

भक्तपुरमा आयोजना गरिएको समारोहमा अन्य कलाकारहरूलाई समेत ओलीको हातबाट अवार्ड प्रदान गरिएको छ ।

थुप्रै चर्चित कलाकारहरू म्युजिक अवार्ड कार्यक्रममा पुगेका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका-४ को सहकार्यमा प्रियसी म्युजिक प्रालिले अवार्ड कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्