सामान्य अंकले बढ्यो नेप्से परिसूचक,कारोबार रकम ३ अर्बमा झर्‍यो

काठमाडौं, ५ माघ ।  सेयर कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको छ।

यसदिन नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ।

यसदिन ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो कारोबार दिन बुधबार करिब ५ अर्बको सेयर कारोबार भएको थियो।

आज २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर खरिदबिक्री भयो। दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्ती संस्था र मैलुंग खोला जल विद्युत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो।

यसदिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्ष स्थानमा रह्यो। सो बैंकको १८ करोड बढिको सेयर कारोबार भयो।

यस्तै रिडी पावरको १२ करोड र पिपुल्स हाइड्रोपावरको १० करोड मूल्य बढिको सेयर खरिदबिक्री भयो। आज ६ कम्पनीको सेयर मूल्य बढ्यो भने बाँकी ७ को घट्‍यो।

ट्रेडिङ समूहको सूचक सर्वाधिक २.६८ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्