माघ १३ देखि नयाँ आइपीओ सार्वजनिक हुने
काठमाडौं, माघ ५ । काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभावितका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड समेत गरिसकेकाे छ ।
दाेश्राे चरणमा निष्कासन गरिने आईपीओमध्ये ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले छिटाेमा माघ १७ गतेदेखि ढीलाेमा माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्