काश्मिरमा सुरक्षाकर्मीको कारवाही: ११ विद्रोही मारिए

एजेन्सी  । भारत प्रशासित जम्मु काश्मिरमा सुरक्षाकर्मीको कारवाहीमा परि १२ जना विद्रोही मारिएका छन् । शोपियां जिल्लामा सेनाले चलाएको कारवाही अभियानमा विद्रोही मारिएका हुन् । उक्त जिल्लाको कचडोराका झण्डै तीन हजार स्थानीय बासिन्दा घेरबन्दीमा परेको भारतीय सञ्चारमाध्यमलले जनाएका छन् ।

कारवाही अभियानमा तीन सैनिक र ४ जना गाउँलेको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन् । यस अघि गत बर्ष पनि सोही क्षेत्रमा सेनाले चलाएको कारवाहीमा २ सय जना विद्रोही मारिएका थिए । विद्रोही लडाकु गाउँमा लुकेको सूचना पाएपछि सेनाले कारवाही अभियान चलाएको थियो ।

जम्मु काश्मिरमा भएको यो कारवाही अहिले सम्मकै ठूलो कारवाही रहेको सेनाका लेफ्टिनेन्ट जनरल एके भट्टले जानकारी दिए । मारिएका विद्रोहीहरु हिजबुला मुजाहिदीन र लश्कर ए तोयबा जस्ता विद्रोही संगठनका लडाकुरहेको सेनाले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्