सनराइज क्यापिटलको छुट योजना सार्वजनिक

काठमाडौं, माघ ३ । सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुर्‍याउदै मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएकोे छ।

मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा बैंकले बिभिन्न सेवाहरूमा छुटका योजनाहरू ल्याएको छ। योजनाअनुसार ३० दिनकालागिनिशुल्क डिम्याट खाता, मेरो शेयर खातातथालगानीव्यवस्थापन सेवाको प्रवेश शुल्कमातीनवर्षका लागि ३० प्रतिशत छुट र ३० लाख र सो माथिको लगानीव्यवस्थापनकाप्रवेश शुल्कमा ३० दिनकालागिनिशुल्कलगायतकाविभिन्न सुविधा रहेका छन्।

कम्पनीले हालदुई वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्टम्युचुअल फण्ड’ र ‘सनराइजब्लूचिप फण्ड’ को व्यवस्थापनगर्दै आईरहेको छ भने नयाँम्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’निष्काशनको क्रममा रहेको जनाएको छ। हालकम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपालधितोपत्रबोर्डबाट अनुमतिप्राप्त गरी शेयर निष्काशनतथाविक्रिप्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानीव्यवस्थापन, लगानी परार्मश सेवालगायतकाकार्यहरू समेत गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्