माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस २९ ।  माछापुच्छ्रे बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।  बैंकको सञ्चालक समितिको सदस्यमा तीन जना निर्वाचित भएका छन् ।

बैंकको २४ औं वार्षिक साधारण सभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा. उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लागि एसएआर एशोसिएट्स लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ ।

बैंकले आ। व २०७८/७९ मा १.६८ अर्ब खुद मुनाफा आर्जन गर्दै, वासलातको आकारमा १३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यस्तै सोहि अवधिमा बैंकको कुल निक्षेप १५०.१० अर्ब पुगेको छ भने कुल कर्जा १३१.२७ अर्ब पुगेको छ ।

यसका साथै गत आ.व बैंकले आफ्नो लगानी २३.०८ प्रतिशतले वृद्धि गरी २४।१३ अर्ब पुर्याएको छ भने बैंकको निष्कृय कर्जा अनुपात १.०४ प्रतिशत कायम गर्न सफल भएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न गाभिन मर्जर गर्न वा प्राप्ती गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्गनको लागि मूल्याङ्गनकतां नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल देशका सातै प्रदेशमा १६५ शाखा, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम तथा १० एक्सटेन्सन काउण्टरको माध्यमबाट १४ लाख भन्दा बढि ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्