सोलार फार्मले २० करोडको आईपीओ जारी गर्दै , कुमारी क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं, पुस २९ । सोलार फार्म लिमिटेडले २० करोड बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको २० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा उक्त सेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा सोलार फार्मका तर्फबाट सञ्चालक समितीका अध्यक्ष आष बहादुर गुरुङ्ग (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
सोलार फार्म लिमिटेडको अधिकृत पूँजी ६५ करोड रूपैयाँ, जारी पूँजी ६५ करोड रूपैयाँ, र चुक्ता पूँजी ४५ करोड रूपैयाँ रहेको छ ।
नेपालको पहिलो सोलरबाट बिद्युत उत्पादन गर्ने संस्थाको रुपमा सन् २०१७ मा स्थापित सोलार फार्मले ५ मेगा वाट क्षमताको सोलार बाट बिद्युत उत्पादन सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।
यो आयोजना नेपालको तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका बडा नं.५ बेल चौतारामा अवस्थित छ ।
प्रतिक्रिया दिनुहोस्