दुर्गम क्षेत्रका बिरामी सिटामोल नपाउँदा रित्तो हात फर्कन बाध्य

काठमाडौं । दुर्गम क्षेत्रका बिरामी सिटामोल पनि नपाउँदा रित्तो हात फर्कन बाध्य छन्। हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा अहिले औषधि अभाव छ । उपचार नपाउनेमध्येकी एक हुन्, चंखेली गाउँपालिका–२ की गर्खाकी महिला स्वास्थ्य स्वयंसेवक लक्ष्मी कौरा शाही। बिरामी भएर उनी लगातार ४ दिनसम्म दार्मा स्वास्थ्यचौकी गइन् ।

तर, दार्मा स्वास्थ्यचौकीले सिटामोलसम्म दिन नसक्दा घरमै उपलब्ध हुने तीतो पकाएर खाएपछि रुघा सन्चो भएको उनले बताइन् । ताँजाकोट गाउँपालिका–३ मासपुरका ६५ जना रुघाखोकीले दुई सातादेखि थला परेका छन् । टाउको दुखेका बेला उनीहरू स्थानीय जातको खुर्सानी पिसेर निधारमा लगाउने गर्छन्। ज्वरो आएका बेला तीतो (स्थानीय जडीबुटी) खाने गर्छन् ।

विकट मासपुरमा रुघाखोकीसहितका अन्य रोगले पीडित बनेका दर्जनभन्दा बढी बिरामी छन् । शाही र रोकाया त प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांश सर्वसाधारण निःशुल्क औषधि पाउनबाट वञ्चित छन् । आजको अन्नपूर्णमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्