साल्ट ट्रेडिङले सेयरधनीलाई १५ प्रतिशत लाभांश बाँड्ने
काठमाडौं, पुस २८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव गरेको हो।
आर्थिक वर्ष २०७८÷०७९ को सञ्चित मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरिएको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्