सेयर बजारमा दोहोरो अंकको करेक्सन,कारोबार रकम ७ अर्ब माथि

काठमाडौं, २६ पुस ।  दुई दिन निरन्तर उकालो लागेको सेयर बजारमा आज दोहोरो अंकको करेक्सन आएको छ। यस दिन नेप्से परिसूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको छ।नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार भयो।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको थियो। सो दिन ५ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.६९अंकले बढेको थियो। त्यसदिन ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो।

यसदिन २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार५७९ रुपैयाँमा खरिदबिक्री भयो।

यसदिन एउटा मात्रै कम्पनीको मूल्य १० प्रतिशत हाराहारिमा बढ्यो। कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को मूल्य घट्यो भने २ को मात्रै बढ्यो।

फाइनान्स समूहको सूचक सर्वाधिक ४.३१ प्रतिशतले ओरालो लाग्यो। बैंकिङ र म्युचुअल फण्डको सूचक क्रमश:०.६५ र ०.२२ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्