छिमेकले लन्च ग¥यो छिमेक मोबाइल बैंकिङ एप्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो बैंकिङ मोबाइल एप् सञ्चालनमा ल्याएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका कायम मुकायम गर्भनर डा. निलम ढुंगाना तिमल्सिनाले उक्त एपको उद्घाटन गर्नु भएको हो ।

आफ्ना ग्राहकलाई प्रविधि प्रयोग मार्फत् सुलभ र सहज सेवा प्रदान गर्न एप् सञ्चालनमा ल्याइएको लघु वित्तले जनाएको छ ।

एपको माध्यमबाट किस्ताको अनलाइन भुक्तानी, विजुली बत्तीदेखि घरायसी प्रयोजनका बिल भुक्तानी, तथा व्यक्तिगत खाताको विवरण हेर्ने लगायतका सुविधा प्राप्त गर्न सकिन्छ । यो. एप् मोबाईल फाईनान्स टेक्नोलोजी प्रा.लि.ले विकास गरेको हो ।

छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्माका अनुसार सञ्चालनमा ल्याइएको एपमा हाल नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका एप् बराबरकै फिचरहरू रहेका छन् ।

समाज र समय विस्तारै डिजिटल युगमा अभ्यस्त भएको बताउँदै शर्माले छिमेक लघुवित्त मुलुककै पुरानो र अग्रणी लघुवित्त भएकोले ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिङ सेवालाई थप प्रोत्साहित गर्न एपले सहयोग गर्ने बताउनु भयो ।

सन् २००१ मा स्थापित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालका ६९ जिल्लाका आफ्ना १९५ शाखाहरू मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

लघुवित्तका अनुसार चार लाख भन्दा बढी गरिब तथा सीमान्तकृत महिला ग्राहकहरूसम्म वित्तीय पहुँच पु¥याएको छ भने एक करोड रुपैयाँको सानो चुक्ता पुँजीबाट सुरु भएको मूलकोषको करिब १८० गुणा आकारमा वृद्धिभएको छ ।

प्रतिक्रिया दिनुहोस्