सनराइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

काठमाडौं, पुस २२ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ।

त्यसै क्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको पुरानो वानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ। सनराइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलका बीच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बैंकिङ्गमार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन्। बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको अ‍ोपिडि सेवाहरु र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ्ग अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

उक्त सम्झौतापश्चात् फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेहसम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्