करिब १३ अर्बको आइपीओ प्रक्रियामा

काठमाडौं, पुस २० ।  केही समय सुस्ताएको शेयर बजारमा फेरि रौनक छाएको छ । नयाँ सरकार र अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै लगानीकर्ता उत्साहित भएका छन् ।

धितोपत्र बोर्डमा आइपीओ को लागि आवेदन दिने कम्पनीको संख्या ३० पुगेको छ । ति कम्पनीहरुले १२ अर्ब ४५ करोड २७ लाख रुपैयाँ बराबरको ८ करोड ६५ लाख ९७ हजार ३३२ कित्ता सेयर सार्वजनिक निष्कासन गर्न अनुमति मागेका छन् ।

जसमध्ये १५ वटा हाइड्रोपावर, २ वटा इन्सुरेन्स, ४ वटा उत्पादन तथा प्रशोधन, २ वटा लघुवित्त संस्था, ५ अन्य र १–१ वटा होटल तथा प्रर्यटन र लगानी क्षेत्रका कम्पनीहरुले अनुमति पर्खेर बसेका हुन् ।

पछिल्लो समय प्रिमियममा आइपीओ जारी गर्न अनुमति माग्ने कम्पनीहरुको संख्या पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्