मुक्तिनाथ विकास बैंक १७ औं वर्षमा प्रवेश गरेसँगै, विभिन्न कार्यक्रमहरुको आयोजना र अभियानहरुको सुरुवात

काठमाडौं , पुस १९। मुक्तिनाथ विकास बैंक लिमिटेड १७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ ।

जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने नाराका साथ पौष १९ गते देखि सञ्चालन भएको मुक्तिनाथ विकास बैंक १९ गते १७ वर्षमा प्रवेश गरेको हो । उक्त अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

यस अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ १३ वटा नयाँ शाखा तथा एक्सटेन्सन काउन्टरहरुको केन्द्रीय कार्यालयबाटै औपचारिक रुपमा समुद्घाटन गरेकोछ ।

उक्त समारोहको समुद्घाटन गर्दै १७ औंबर्षको सहयात्रमा साथ दिने शेयरधनीहरु, ग्राहक महानुभावहरु, नियमक निकायहरु, कर्मचारीहरु तथा शुभचिन्तकहरुलाई बैंकका अध्यक्ष भरत राज ढकालले धन्यबाद दिएका छन् । ।

साथै, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोही अवशरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धी, बर्तमान चुनौतीका साथै भावी रणनीतिको बारेमा प्रकाश पार्दै सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न अभियानहरु सञ्चालनमा ल्याएको बताए ।

जस अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी १७४ युनिट रगत संकलन, विविन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयहरु मार्फत कक्षा ११ र १२का विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विबिध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणको लागि सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सहयोग, बृद्धा,अनाथ तथा बालबालिकाहरुको क्षेत्रमा कार्य गर्ने मानाव आश्रमहरुमा आत्म निर्भरता बढाउन “मुक्तिनाथ आत्म निर्भर ग्रिन प्रोजेक्ट”सम्बन्धी सामाग्री हस्तान्तरण र न्यानो कपडा वितरण गर्ने जस्ता विभिन्न कार्यहरु गरिएको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरु,पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरु साथैअन्यकर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्