सेयर बजारमा ४ अर्बको कारोबार, नेप्से परिसूचक १७ अंकले बढ्यो

काठमाडौं, पुस १७ । सेयर कारोबार साताको पहिलो दिन आइतबार ४ अर्ब बढिको कारोबार भएको छ।

यसदिन नेप्से परिसूचक १७.२४ अंकले बढेर २०४६.२४ विन्‍दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.७१ अंकले वृद्धि भएर ३९४.०१ विन्दुमा अडिएको छ।

पछिल्लो समय नेप्से परिसूचक उकालो लागेसँगै सेयर कारोबार पनि बढ्दै गएको छ।

यसदिन २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कम्पनीको ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँमा खरिदबिक्री भयो।

पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सिर्जनशील लघुवित्त वित्तीय,खप्तड लघुवित्त वित्तीय,धवलागिरि लघुवित्त वित्तीय,अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा नविल बैंकक शीर्षस्थानमा रह्यो। सो बैंकको २२ करोड ५७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यस्तै नेपाल दूरसंचार कम्पनी १९ करोड बढि मूल्यको कारोबार गरी दोस्रो स्थानमा रह्यो।

कारोबारमा आएका १३ उपसमूहमध्ये ११ को सूचक बढ्यो भने २ को घट्यो।

विकास बैंक र फाइनान्स उपसमूहबाहेक अन्य ११ उपसमूहको सूचक बढेको हो।

प्रतिक्रिया दिनुहोस्