ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबीवार्मर प्रदान

काठमाडौं, पुस १३ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष”

मधेशप्रदेश, बागमतीप्रदेश , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका ६ वटा स्वास्थ्य केन्द्रहरुलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेको छ।

बैंकले फेटा स्वास्थ्यचौकी -बारा, खैरहनीनगर अस्पताल-चितवन, बघौडा अस्पताल-चितवन,हर्नैया स्वास्थ्यचौकी-रुपन्देही, सिसहनिया स्वास्थ्यचौकी-दाङ र दोधारा प्राथमिक स्वास्थ्यकेन्द्र-कञ्चनपुरलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबीवार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट उक्त अस्पतालहरुका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिकाबिच सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

साथै सोहि कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएकोथियो।

बैंकले “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत् “न्यानो नानी” परियोजना- ३अन्तर्गत हाल सालै प्रदेशनं।. १का ३अस्पतालहरु बाक्सिला स्वास्थ्यचौकी- खोटाङ, ओखलढुंगा सामुदायिक अस्पताल र जिल्ला अस्पताल – इलामलाई एक-एक थान बेबीवार्मर प्रदान गरि ३ वटा बेबीवार्मर प्रदान गरिसकेको छ।

ज्योति विकास बैंकले डा।. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा हालसम्म देशका३२विभिन्न अस्पतालहरुलाई बेबीवार्मर प्रदान गरिसकेकोछ।

ज्योति विकास बैंकले हाल१२० वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७३वटाएटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ।

 

 

प्रतिक्रिया दिनुहोस्