बागमती प्रदेश- कांग्रेस दलको नेतामा संस्थापनइतरले पनि उम्मेदवारी दिने
काठमाडौं, पुस ८ । बागमती प्रदेश कांग्रेस संसदीय दलमा संस्थापनइतरले पनि उम्मेदवारी दिने तयारी गरेको छ ।
आउँदो बुधबार दलको नेता चयनका लागि निर्वाचन तोकिएका बेला दुवै समूहबाट उम्मेदवारी पर्ने देखिएको हो ।
हालसम्म संस्थापन समूहबाट संसदीय दलको नेतामा प्रदेश सभापति इन्द्रकुमार बानियाँ र बहादुरसिंह लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
संस्थापनइतर समूहबाट उम्मेदवारको नाम टुंग्याउन बाँकी रहेको एक नेताले जानकारी दिए ।
संस्थापन समूहले चर्चामा आएका दुईमध्ये एकजनाको नाम फाइनल गरे इतर समूहले पनि अर्को उम्मेदवार घोषणा गर्ने तयारी गरेको बुझिएको छ ।
६६ प्रत्यक्ष र ४४ जना समानुपातिकबाट निर्वाचित हुने बागमती प्रदेशमा कांग्रेसको ३७ सिट छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट जितेको हो ।
प्रतिक्रिया दिनुहोस्