सीवाइसी नेपाल लघुवित्तको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं, पुस ८ ।  सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर घोषणा गरेको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।

कम्पनीले कर प्रयोजनका लागि १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले आब को वित्तिय विवरण पारित गरी हाल कायम चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ लगानीकर्ताहरुका लागी सेयर घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र सीवाइसीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई उक्त बोनस वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्