निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन
काठमाडौं , पुस ७ । लेखक निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन गरिएको छ ।
बिहीबार नेपाली चुल्हो लाजिम्पाट काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन गरिएको हो ।
ती कृतिहरु कलाकार निखिल उप्रेती, साहित्यकार कुमार नगरकोटी र कलाकार घिमिरे युवराजले एकसाथ रुपमा बिमोचन गरेका हुन् । पुस्तकमा १९ वटा कथा संग्रह रहेको छ ।
कथा संग्रहमा लेखकले आफ्नो जीवनयात्रामा ठोक्किएका विषय, दृश्य र अनुभवलाई गहिरोगरी कथाको रुपमा प्रस्तुत गरेका छन् ।
लेखकका अनुसार ‘एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो ।’ ‘एकान्त खासमा एउटा अन्त हो ।’ कार्यंक्रममा सहभागीहरुले स्रष्टा लेखक थापालाई शुभकामना दिएका थिए।
तस्बिरहरु:
प्रतिक्रिया दिनुहोस्