मौसम गुरुङले छोडेर गय सपनाको संसारमा संञ्चितालाई (भिडियोसहित)

काठमाडौं । मोडल संञ्चिता शाहिको अरु गीतमा जस्तै उत्कृष्ट अभिनय रहेको नयां लोकगीत सपनाको संसार सार्वजनिक भयको छ ।
निकै चर्चित र सुन्दरी मोडल शाहिले अभिनय गरेका गीतले एकपछि अर्को गर्दै सफलताले शिखर चुम्दै जान थालेका छन् ।

निकै चर्चामा रहेको गित “अन्धोपन” का टिमको यो दोर्सो गीत सपनाको संसार भर्खरै मात्र बजारमा आएको हो ।
गीतमा लोकगीत संगीतको क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझी र चर्चित गायक मौसम गुरुङको स्वर रहेको छ ।

 

गीतको लय शब्द र गायन निकै उत्कृष्ट बनेको छ भने त्यतिनै उत्कृष्ट भिडियो पनि बनेको छ ।

केशव घिमिरेको शब्द सिर्जना रहेको उक्त गितमा लय ओम छिनालको रहेको छ ।

प्रकाश भट्टको निर्देशन मा रहेको सो गितको छायांकन सुरेश श्रेष्ठ ले र सम्पादक बिष्णु शर्माले गरेका छन ।

भिडियो सितल शिजन डिजिटल प्रा ली ले निर्माण गरेको गितमा” संचिता शाहि र नीर कुमार परियारले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्