एनआईसी एसिया बैंकले यस बर्षपनि लाभांश वितरण नगर्ने

काठमाडौं, पुस ६ ।  एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तको वासलात र गत आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरुमाथी छलफल गरेको थियो ।

उक्त बैठकमा भएको निर्णय अनुसार बैंकले कुनै पनि लाभांश वितरण नगर्ने गरेको हो ।

बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्