क्लासिक टेक प्रा. लि पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा !

काठमाडौं, पुस ६ । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा लि अब पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीका अनुसार पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।

कम्पनी पब्लिक लिमिटेडमा रुपान्तरण भएपछि सर्व साधारणहरुका लागि सेयर (IPO ) जारी गर्नेछ। क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो ।

हाल सम्म ७४ जिल्लाका १०६ आउटलेट तथा साखा बाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले अन्य विभिन्न स्थानहरूमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।

यस सँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा २ हजारभन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रोजगारी प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्