घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौं, पुस ५ ।  नेपाली बजारमा सोमबारको तुलनामा सुन र चाँदीको भाउमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउमा प्रतितोला एक सय रुपैयाँको गिरावट देखिएको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला एक लाख ४ सयमा झरेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्