कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ५१ हजार शुल्क

काठमाडौं, पुस ४ । नेपाली कांग्रेसले संसदीय दलको नेताको उम्मेदवारी शूल्क ५१ हजार तोकेको छ। आगामी ६ गते संसदीय दलको नेता छान्न चुनाव गर्ने कार्यतालिका छ।

निर्वाचन समितिले सोमबार निकालेको निर्वाचन कार्यातालिकामा दलको नेतामा उम्मेदवारी दिन चाहने शूल्क ५१ हजार तिर्नुपर्ने जनाएको छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा र गगन थापा, शेखर कोइराला दलको नेता बन्ने दौडमा छन्। ४ मंसिरको प्रतिनिधि सभाको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जितेको छ।

कांग्रेसको दलको नेतामा देउवा बलिया दाबेदार हुन्। यद्यपि सर्वसम्मतको पहलमा नेताहरु लागेका छन्। बुधबार बिहान चुनाव गर्नेगरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यसअघि बसेको कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार कांग्रेसले दलको नेता छान्न निर्वाचन कार्यकतालिका सार्वजनिक गरेको हो।्

प्रतिक्रिया दिनुहोस्