कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ

काठमाडौं, पुस ३ । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्‍याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।

बैंकले मिति शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको हो ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्