बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता सेयर ?
काठमाडौं , पुस ३ । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको आइतबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको शेयरमा ११ लाख ९१ हजार २८४ जना योग्य आवेदकबाट एक अर्ब ३० करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ करोड ३० लाख ७८ हजार १०० कित्ता शेयरको लागि आवेदन परेको थियो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर बाँडफाट भएको छ । यसरी बाँडफाँट गर्दा ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्काशन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्