समृद्धि फाइनान्सद्धारा इटहरीमा न्यानो लुगा वितरण

काठमाडौं, पुस ३ । समृद्धि फाइनान्सले इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ॐ श्री पिपलबोटे खूल्ला विधालयका १ जना शिक्षक र २५ जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको हो ।

कार्यक्रम अन्तरगत शिक्षक १ जना र विद्यार्थीहरु २५ जनालाई संस्थाका इटहरीका.मु.शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन।

करीब २५ वर्ष अघिदेखी न्यून आय श्रोत भएका परिवारका केटाकेटीहरुलाई भेलापारी बिहानको समयमा १ देखी २ घण्टासम्म खोला किनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विद्यालय हो ॐ श्री पिपलबोटे खूल्ला विधालय, हाल त्यहाँ विभिन्न सरकारी विधालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विधार्थीहरु अध्ययन गर्छन ।

फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ६मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६जना विद्यार्थीहरुलाई न्यानो लुगावितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ६मा रहेको जानकी बृद्धा आश्रममा २०जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो।

फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ। फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्