काँग्रेसले छान्यो समानुपातिकतर्फका ३२ सांसद, को को परे ?

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसले समानुपातिकतर्फका ३२ सांसदको नाम टुंगो लगाएको छ । शनिबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगाएको हो ।

प्रत्यक्षमा ५७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ । ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने भएकाले कांग्रेसको ३२ जनाको समानुपातिक सूचीमा केवल ३ जना पुरुष रहेका छन् ।

कांग्रेसले खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियारलाई समानुपातिक सूचीमा छानेको छ भने आदिवासी जनजातितर्फ रहेका पूर्व उपसभापति गोपालमान श्रेष्ठ, थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई भने कांग्रेसले समेट्न सकेन ।

आदिवासी जनजातितर्फ

१- सरस्वती बजिमय
२- लिलादेवी बोखिम
३- सिता कुमारी राना
४- सुशीला थिङ
५- सपना राजभण्डारी
६- माया राई
७- कुसुम थापामगर
८- मनोरमा सेरचन
९- अन्जनी श्रेष्ठ

खस आर्यतर्फ

१- डा. प्रकाशशरण महत
२- अम्बिका बस्नेत
३- सरिता प्रसाईं
४- आरजु राणा देउवा
५- ईश्वरी न्यौपाने
६- प्रतिमा गौतम
७- मञ्जु खाँण
८- रमा कोइराला पौडेल
९- कान्तिका सेजुवाल
१०- मैना रावल कार्की

मधेसी तर्फ

१- विमलेन्द्र निधि
२- नागिना यादव
३- मुक्ता कुमारी यादव
४- चन्दा चौधरी
५- संगिता मण्डल

दलिततर्फ

१- जीवन परियार
२- शान्ति विक
३- रुपा विक
४- सीता मिजार
५- आशा विक

थारु तर्फ

१- कल्पना चौधरी
२- विना कुमारी थनेत

मुस्लिम तर्फबाट

१- जावेदा खातुन् जागा

 

प्रतिक्रिया दिनुहोस्