पाठ्यपुस्तकका लागि सवा २ अर्ब अनुदान

काठमाडौं  । सरकारले सार्वजनिक  विद्यालयका विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक वितरण गर्न २ अर्ब २२ करोड रुपैयाँ अनुदान स्थानीय तहमा पठाएको छ ।

वैशाखबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि पाठ्यपुस्तक खरिद गर्न सो रकम स्थानीय तहमार्फत विद्यालयमा पठाएको हो । शिक्षा विभागले अन्तरनिकाय वित्तिय हस्तान्तरणअन्तर्गत संघीय मामिला मन्त्रालयमार्फत २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ पठाएको हो ।

निशुल्क शिक्षाअन्तर्गत कक्षा १० सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई सरकारले हरेक वर्ष निशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

बिहिबार शिक्षा विभागमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभाग शैक्षिक सामग्री व्यवस्थापन शाखाका उपनिर्देशक देवीराम अर्यालले शैक्षिक सत्र २०७५ का लागि अघिल्लो वर्षको विद्यार्थी संख्याका आधारमा अनुदान रकम विनियोजन गरिसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्