अर्थतन्त्र संकटमा नरहेको अर्थमन्त्री शर्माको भनाइ
काठमाडौं , मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । बिहीबार आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
उनले अहिले केही चुनौतीको सामना अर्थतन्त्रले गरिरहेको भन्दै उनले यसलाई संकट भन्न नमिल्ने तर्क गरे ।
उनले भने , ‘अर्थतन्त्र सङ्कटमा छ भन्नु नबुझ्ने कुरा हो, चुनौती छन्, त्यसको सामना गर्ने उपाय खोज्नु पर्छ ।’ आर्थिक सूचकांकले समेत यस्तै संकेत गर्ने उनले बताए ।
मुलुकको अर्थतन्त्रको विशेषतालाई बुझ्न समेत उनले आग्रह गरे । नेपालको अर्थतन्त्र ह्वात्तै घट्ने र सिधै माथि जाने अवस्था नरहेको उनले बताए । यद्यपि राजस्व संकुचन र उत्पादन वृद्धि हुन नसकेको उनले स्वीकार गरे ।
नेपालको अर्थतन्त्रकोभविष्य उज्ज्वल रहेको भन्दै उनले अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने औंल्याए । अब बन्ने सरकारले संस्थागत सम्विृद्धिमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दियको समेत उनको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्