आजदेखि विश्वकपमा समुह चरणका अन्तिम खेल: कुन कुन देश खेल्दैछन् ?
काठमाडौं, मंसिर १३ । विश्वकप फुटबल अन्तर्गत आजदेखि समुह चरणका अन्तिम खेलहरु शुरु हुने भएका छन् । आज दुई समुहबाट नकआउट चरणमा पुग्ने चार टिमको टुंगो लाग्ने छ ।
आजको पहिलो दुई खेल राति ८:४५ बजे एकै समयमा हुने छन् । आज समुह ए बाट इक्वेडरले सेनेगलको सामना गर्ने छ भने नेदरल्याण्डसले आयोजक कतारको सामना गर्दै छ ।
समुह ए मा नेदरल्याण्डस इक्वेडरको २-२ खेलमा ४-४ अंक छ र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
त्यस्तै सेनेगलको २ खेलमा ३ अंक छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।
यस समुहबाट कतारले यस अघि नै दुवै खेलमा हार बेहोरेर विश्वकपबाट बाहिरिएको छ । त्यसैले यस समुहबाट नक आउटचरणको दौडमा यस समुहबाट तीन टिम रहेका छन् ।
त्यस्तै आज राति १२:४५ मा समुह बि का दुवै खेल हुने छन् । जसमा अमेरिका र इरान तथा ईङल्याण्ड र वेल्सबीच खेल हुने छन् । यस समुहबाट चारै टिम नकआउट चरणको दौडमा रहेका छन् । ईङल्याण्डको २ खेलमा ४ अंक छ भने इरानको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै अमेरिकाको २ खेलमा २ अंक छ भने वेल्सको २ खेलमा १ अंक रहेको छ ।
अब नकआउटचरणका लागि ईङल्याण्डका लागि कम्तिमा बराबरी पनि पर्याप्त हुने छ भने अन्य तीन टिमका लागि जित आवश्यक रहेको छ ।
तर वेल्स ईङल्याण्डसँग पराजित भएमा भने इरानले अमेरिकासँग बराबरी खेलेमा पनि नक आउट चरणमा पुग्ने छ । त्यस्तै अमेरिका र वेल्सका लागि नकआउटचरणका लागि पहिला जित अनिवार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्