सुदूरपश्चिममा कांग्रेस पहिलो, एमाले चौथो
काठमाडौं, मंसिर १२ । सुदूरपश्चिम प्रदेशका ३२ सिटमध्ये ३० वटा सिटको मतगणना हुदाँ नेपाली कांग्रेसले सबैभन्दा बढी सिटमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार ११ स्थानमा विजय हासिल गरेर कांग्रेस पहिलो पार्टी भएको हो ।
सो प्रदेशमा आठ सिटमा विजय हासिल गर्दै माओवादी केन्द्र दोस्रो स्थानमा छ । रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले पाँच स्थानमा विजय हासिल गरेर तेस्रो स्थानमा रहेको छ । तीन सिट जित्दै एमाले चौथो स्थानमा छ ।
तीन सिट मात्रै जितेर चौथो स्थानमा रहेको एकीकृत समाजवादीले जम्मा दुई सिटमा मात्रै विजय हासिल गरेको छ । एकजना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
बाजुरामा अहिलेसम्म मतगणना सुरु नै भएको छैन । विवादका कारण मतगणना स्थगित छ । बाजुरामा प्रदेश सभाका दुई क्षेत्र छन् ।
प्रतिक्रिया दिनुहोस्