जिल्ला न्यायाधीश परीक्षाको अन्तिम नतिजा सार्वजनिकः ‘सबै वकिल फेल, मागभन्दा आधा कम उत्तीर्ण’
काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक परिणाम अनुसार मागभन्दा आधामात्र परीक्षार्थी उत्तीर्ण भएका छन्। कूल ३० जनाको लागि भएको परीक्षामा १६ जनामात्र उत्तीर्ण भएका छन्।
उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्। १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन्।
३० जनाका लागि ४२४ जनाले आवेदन दिएका थिए। परीक्षामा ३७३ जनामात्र सामेल भएका थिए। समावेशी अन्तर्गत मधेशी र दलित कोटामा कोही पनि उत्तीर्ण भएनन्।
प्रतिक्रिया दिनुहोस्