पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए सेयर ?

काठमाडौं , मंसिर ७। पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

बुधबार भएको बाँडफाँटमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओका लागि कुल १२ लाख ३० हजार ६०५ जना आवेदकले आवेदन दिएकामा ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ ।

यस हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, पिपुल्स हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट  https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्