काठमाडौँ -४ को १ मा कांग्रेस, २ मा एमाले विजयी

काठमाडौं, मंसिर ७ । काठमाडौँ क्षेत्रनम्बर ४ को १ मा नेपाली कांग्रेस र २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमाले विजयी भएको छ।

निर्वाचन क्षेत्र नं ४ को १ बाट प्रदेश सदस्यमा कांग्रेसका श्रीराम लामिछाने सात हजार एक सय २५ मतका साथ विजयी भएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिएका छन् ।

यसै निर्वाचन क्षेत्र अन्तर्गत २ तर्फबाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित भएका छन् । उनले दश हजार तीन सय १७ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्