आम निर्वाचन : आजदेखि ५ गतेसम्म  शैक्षिक संस्था  बन्द

काठमाडौं, मंसिर २ । सरकारले निर्वाचनलाई लक्षित गर्दै आज (शुक्रबार) देखि शैक्षिक संस्थाहरुलाई बन्द गरेकाे छ ।

शुक्रबारदेखि मंसिर ५ गते सोमबारसम्म शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । अब मंगलबारदेखि मात्रै देशभरका शैक्षिक संस्थाहरु खुल्ने छन् । गृह मन्त्रालयले मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भने मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिइएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ ।

देशका अधिकांश ठाउँमा विद्यालयमा मतदान केन्द्र राखिएको हुनाले शैक्षिक संस्था आजैदेखि बन्द गर्नु परेको मन्त्रालयले जनाउकाे छ ।

प्रतिक्रिया दिनुहोस्