नेपाल टेलिकमको नाफा दुई अर्ब २२ करोड, व्यापार घट्यो

काठमाडौं , कार्तिक ३०। नेपाल टेलिकमले टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । टेलिकमले गत वर्ष पहिलो त्रैमासमा दुई अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो ।

टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नौ अर्ब ७ करोडको व्यापार गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा टेलिकमको व्यापार नौ अर्ब ७७ करोड थियो । टेलिकमको व्यापार गत वर्षको तुलनामा ७० करोड रुपैयाँले घटेको देखिएको हो ।

१८ अर्ब चुक्ता पुँजी रहेको टेलिकमको रिजर्भमा ७९ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्